५ श्रावण २०८३, मंगलबार | July 22, 2026

आपतकालीन तटबन्धको निरीक्षण



नेपालगन्ज । जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले बाँकेको राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडियास्थित राप्ती नदीमा निर्माण भएको आपतकालीन तटबन्धको आज निरीक्षण गरेकी छन् ।

सो अवसरमा उनले अस्थायी रूपमा काम भएकाले अहिले आउने बाढीलाई रोकथाम गर्ने प्रयास भएको जानकारी दिँदै स्थायी रूपमा तटबन्ध निर्माणका लागि विपद्बाट केही बजेट विनियोजन भएर ठेक्का भएको बताइन् । उनले यसका लागि भारतीय अनुदानको पनि कुरा चलेको र राप्ती नदीको यस क्षेत्र छनोट गरेकाले लामो समयदेखि हुन नसकेको बैठक बसेर भारतीय अनुदानको टुङ्गो लाग्ने विश्वास व्यक्त गरिन् ।

सचिव दवाडीले एक महिनाभित्रमा बैठक बसाल्न मन्त्रालय लागिरहेको उल्लेख गर्दै भारतबाट आउने अनुदानले यस क्षेत्रमा अझै जोखिम न्यूनीकरण हुने धारणा व्यक्त गरिन् ।

सचिव दवाडीलाई जनताको तटबन्ध कार्यालय, लमही दाङका प्रमुख डा नारायणप्रसाद सुवेदीले तटबन्धको विस्तृत जानकारी दिएका थिए । जनताको तटबन्ध कार्यालय, लमही दाङका प्रमुख डा सुवेदीले खल्ला झगडिया र जरैयामा आपतकालीन तटबन्ध बनाउन नयाँ अभ्यास सुरू गरिएको जानकारी दिँदै ठेक्का भइसकेकाले सो बजेटमार्फत नै स्थायी तटबन्ध हुने बताए । डा सुवेदीले अनुसन्धानका लागि पनि तटबन्ध निर्माणका लागि नयाँ अभ्यास भएकोसमेत उल्लेख गरे ।

जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएपछि तत्कालका लागि डुबान र जमिन कटानको जोखिम हटेको छ ।

विसं २०७१ को बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडियालगायत दर्जनौँ गाउँ डुबानको जोखिममा परेको थियो । जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि धमाधम आपतकालीन तटबन्ध निर्माण गरेको थियो । रु छ करोड ५० लाख लागतमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का भएको र यस वर्षामा डुबान हुन नदिन आपतकालीन तटबन्ध निर्माण गरिएको जनताको तटबन्ध कार्यालय, लमही, दाङले जनाएको छ ।

स्थानीयवासी दुर्गा पाण्डेले आपतकालीन तटबन्धले स्थानीयको जीउ, धनको सुरक्षा भएको उल्लेख गर्दै स्थायी तटबन्धका लागि पहल गरिदिन आग्रह गरे । “स्थायी तटबन्ध भए यहाँको कृषि उत्पादन बढ्छ र हामी जस्ता स्थानीय पनि वर्षाका समयमा ढुक्कले निदाउन पाउँछौँ”, उनले भने ।

खल्ला झगडियामा निर्माण भएको तटबन्धका कारण देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिकाको वडा नं ६ को सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर र वडा नं ५ को नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिकाको वडा नं १ को कुडवागाउँ डुबान र कटानको जोखिमबाट बच्ने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ०२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं