१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँकेमा ‘लिजा’ सार्वजनिक गर्ने पहिलो पालिका बन्यो राप्तीसोनारी



नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बनेको छ । यही माघ ७ गतेभित्र लिजा सार्वजनिक गर्नुपर्ने समयसीमा रहेपनि त्यस अघि लिजा सार्वजनिक गर्दै राप्तीसोनारी जिल्लामा पहिलो पालिका बनेको हो ।

राप्तीसोनारी गाउँपालिकाले लिजा सार्वजनिक गर्दै त्यसमा सुधार समेत गरेको छ । पालिकाले आर्थिक वर्ष २०७९/०८० मा ७४.२५ प्रतिशत अंक ल्याउन सफल भएको छ । पछिल्लो दुई कार्यकालमा राप्तीसोनारीले लिजामा छलाङ मारेको छ । गत आर्थिक वर्ष ०७८/०७९ मा ६७.२५ प्रतिशत अंक हासिल गरेको थियो भने ०७७/०७८ मा केवल ४९ अंकमात्रै हासिल गरेको राप्तीसोनारीले पछिल्ला दुई आर्थिक वर्षमा भने लिजामा सुधारको छलाङ मारेको हो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले यसलाई स्वभाविक प्रक्रिया भएको बताएका छन् । उनले पालिकाको प्रगतिलाई विधि र पद्धतिमा स्थानीय सरकार चलिरहेको सन्देशका रुपमा बुझ्न पनि आग्रह गरेका छन् । पौडेल नेतृत्वको नयाँ जनप्रतिनिधि आएपछि राप्तीसोनारीले लिजामा सुधारगरेको हो । ‘हाम्रो काम विधिसम्मत र नीतिसम्मत गर्ने हो,’ उनले भने–‘पालिकालाई विधि र पद्धतिबाट चलाउँदै लगिएको छ । त्यसकै परिणाम हो । यो स्वभाविक हो ।’

उनले पालिका सुशासन, पारदर्शी र जवाफदेहि ढंगबाट चलेको सन्देश लिजामा देखिएको अंकले पुष्टि गरेको बताए । यसलाई अझ व्यवस्थित बनाउँदै लिजामा अझै सुधार गर्न सकिने उनले बताए ।

पालिकाले यस अवधिमा चार दर्जन बढी कानुन निर्माण भएका छन् । हालै सम्पन्न अधिवेशनले थप ९ वटा ऐन र कार्यविधि पारित गरेको थियो । राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले दश वटा सूचकका आधारमा स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको बताए । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ ।

‘अधिकांश सूचकमा हाम्रो सुधार भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने–‘सेवा प्रवाहलाई अझै सरलीकृत बनाएर लैजानु पर्नेछ । अझै धेरै कामहरु गर्न सकिन्छ, र गर्नुपर्ने छ ।’ सूचना तथा प्रविधि अधिकृत जनार्धन पौडेलले लिजालाई जिल्ला समन्वय समितिले अनुमोदन गरिसकेको बताए । ‘अव केन्द्रबाट एउटा टोलि आएर थप अध्ययन गर्ने छ, उनले भने–‘पछिल्ला दुई आर्थिक वर्षमा लिजामा राम्रो सुधार भएको छ ।’ यही माघ सात गतेसम्म स्थानीय तहले लिजा सार्वजनिक गरिसक्नु पर्ने कार्यबिधिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : २४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान