१ आश्विन २०८३, बिहिबार | September 17, 2026

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरितका जग्गा खाली गराउन ७ दिने अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा र मापदण्ड विपरीत बनेका संरचना सात दिनभित्र हटाउन पुनः सूचना जारी गरेका छन्।

गत असोज २ गते दुवै निकायबीच बसेको संयुक्त बैठकले सार्वजनिक स्थानमा रहेका अवैध संरचना हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि शुक्रबार संयुक्त रूपमा सूचना सार्वजनिक गरिएको हो।

सूचनामा सात दिनभित्र अतिक्रमण र मापदण्ड उल्लङ्घन गर्ने संरचना स्वेच्छाले हटाउन आग्रह गरिएको छ। साथै, तोकिएको समयसीमा भित्र नहटाए कारबाही गर्दै बलपूर्वक हटाइने चेतावनी पनि दिइएको छ।

“काठमाडौं महानगरपालिका क्षेत्रभित्र तथा सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थलमा रहेका अतिक्रमित र मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने जानकारी गराइन्छ,” सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : १७ बजे

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।