काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा र मापदण्ड विपरीत बनेका संरचना सात दिनभित्र हटाउन पुनः सूचना जारी गरेका छन्।
गत असोज २ गते दुवै निकायबीच बसेको संयुक्त बैठकले सार्वजनिक स्थानमा रहेका अवैध संरचना हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि शुक्रबार संयुक्त रूपमा सूचना सार्वजनिक गरिएको हो।
सूचनामा सात दिनभित्र अतिक्रमण र मापदण्ड उल्लङ्घन गर्ने संरचना स्वेच्छाले हटाउन आग्रह गरिएको छ। साथै, तोकिएको समयसीमा भित्र नहटाए कारबाही गर्दै बलपूर्वक हटाइने चेतावनी पनि दिइएको छ।
“काठमाडौं महानगरपालिका क्षेत्रभित्र तथा सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थलमा रहेका अतिक्रमित र मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने जानकारी गराइन्छ,” सूचनामा उल्लेख गरिएको छ।



















प्रतिक्रिया