२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने



काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ ।

खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गर्नुभएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

रावलका अनुसार समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ ।

खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन् ।

यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : ३० बजे

उदयपुरमा सडकबाट १५ मिटर तल खस्यो माइक्रोबस, चालकसहित १० जना घाइते

काठमाडौं । उदयपुरमा यात्रु बोकेको माइक्रोबस दुर्घटना हुँदा चालकसहित १०

नदीमा डुबेर एक बालकको मृत्यु

दाङ । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको

बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु

बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई

मधेशमा दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी