२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी



काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा गम्भीर भौगोलिक त्रुटि देखिएपछि औपचारिक रूपमा क्षमायाचना गरेको छ।

निगमले बिहीबार बिहान अंग्रेजी भाषामा सूचना जारी गर्दै नक्सामा भएको गल्तीप्रति दुःख व्यक्त गरेको हो। “हाम्रा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमाप्रार्थी छौँ,” निगमले जनाएको छ।

उक्त नक्सामा अन्तर्राष्ट्रिय सिमानासम्बन्धी त्रुटिहरू रहेको स्वीकार्दै निगमले ती सामग्रीले नेपाल सरकार वा संस्थाको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ। साथै, नक्सामा भएको तथ्यगत तोडमोडबारे आन्तरिक समीक्षा भइरहेको पनि जनाएको छ।

निगमले बुधबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उडान गन्तव्य देखाउन नेटवर्क नक्सा सार्वजनिक गरेको थियो। तर, विवाद बढेपछि उक्त पोस्ट हटाइएको छ।

सार्वजनिक गरिएको नक्सामा जम्मु र कश्मीरको सम्पूर्ण भूभाग पाकिस्तानतर्फ देखाइएको थियो। त्यस्तै, स्वतन्त्र राष्ट्र ताजिकिस्तान र किर्गिस्तानलाई चीनको नक्साभित्र समावेश गरिएको देखिएको थियो।

निगमले छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सुमधुर सम्बन्धप्रति आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै सो पोस्टका कारण पर्न गएको असुविधाप्रति पनि क्षमा मागेको छ।

नेपालले जम्मु कश्मीर मुद्दालाई भारत–पाकिस्तानबीचको द्विपक्षीय विषय मान्दै आएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  १० : ५५ बजे

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको