१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र) सहित समाजवादी मोर्चामा रहेका दलहरुसँग पार्टी एकताको निर्णय गरेको छ।

शुक्रबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग औपचारिक रुपमा एकता गर्ने निर्णय गरेको हो। बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्ने प्रस्ताव पेश गरेका थिए, जसलाई उपस्थित बहुमत सदस्यहरूले ताली बजाएर अनुमोदन गरेका छन् ।

अध्यक्ष नेपालले एकता प्रक्रियासम्बन्धी थप गृहकार्य सचिवालय बैठकमार्फत अघि बढाइने जानकारी पनि दिएका छन्।

तर, माओवादी केन्द्रसँगको एकता प्रस्तावमा सबै नेताहरू भने एकमत हुन सकेनन। वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान र हरि पराजुलीलगायतका नेताहरूले उक्त प्रस्तावको विरोध गरेका छन्।

नेता वामदेव गौतमले पार्टीले एमालेसँग पनि एकताको सम्भावना खुला राख्दै त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ५२ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम