अफ्रिकी मुलुक तान्जानियामा बुधबार सम्पन्न आम निर्वाचनपछि देशभर तीन दिनसम्म चलेका विरोध प्रदर्शनका क्रममा सयौं मानिस मारिएका छन्।
मृतकहरूको सङ्ख्या सम्बन्धी फरक–फरक दाबीहरू भइरहेका छन् । देशभर इन्टरनेट बन्द भएकाले ती तथ्याङ्कहरूको पुष्टि गर्न गाह्रो भएको छ।
विपक्षी दल चडेमाले सुरक्षा बलसँग भएका झडपमा करिब सयौं मानिसको मृत्यु भएको दाबी गरेको छ। त्यस्तै, तान्जानियामा रहेका एक कूटनीतिक स्रोतले बीबीसीलाई दिएको जानकारीअनुसार कम्तीमा दशौं मानिसको मृत्यु भएको विश्वसनीय सूचना प्राप्त भएको छ।
सरकारले हिंसाको स्तर घटाएर देखाउने प्रयास गरिरहेको छ र अशान्ति नियन्त्रणका लागि कर्फ्यूको अवधि बढाइएको छ।
यी प्रदर्शनहरूमा अधिकांश युवा सडकमा उत्रिएका थिए । उनीहरुले देशका धेरै सहरहरूमा चुनाव अनुचित भएको भन्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनकर्ताहरूको आरोप छ कि सरकारले प्रमुख विपक्षी नेताहरूको दमन गरेर लोकतन्त्रलाई कमजोर पारेको छ। एक विपक्षी नेता अहिले जेलमा छन् भने अर्कोलाई प्राविधिक कारण देखाएर चुनावबाट बाहिर राखिएको छ।
यस घटनाक्रमले तान्जानियाकी राष्ट्रपति सामिया सुलुहू हसन र उनकी पार्टी ‘चामा चा मापिन्दुजि’ को जितको सम्भावना बढाएको छ।
-बीबीसी


















प्रतिक्रिया