२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन् । संघीय संरचनामा सहकार्य र संवादलाई थप प्रभावकारी बनाउन उद्देश्यसहित प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् ।

बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका जितेन्द्र सोनल, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुनेछन् ।

बैठकमा संघीय सरकार र प्रदेश सरकारबीचको सहकार्य, नीति कार्यान्वयनको प्रभावकारिता र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : १६ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा