२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

महाधिवेशनको विवादले कांग्रेसमा तनाव : सहमति अभावबीच आज पुनः केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकबारे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि शुक्रबारका लागि तय गरिएको बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयबीच सहमति नजुटेपछि स्थगित भएको थियो ।

महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नपाइए बैठकमा सहभागी नहुने चेतावनी दिएपछि कार्यवाहक सभापति खड्काले बैठक स्थगित गरेका थिए ।

यस विवाद समाधानका लागि शनिबार कांग्रेस पदाधिकारी बैठक बसे पनि सहमति जुट्न नसकेको बताइएको छ । आजको केन्द्रीय समिति बैठकअघि कार्यसम्पादन समितिको बैठक बस्ने तयारी पनि गरिएको छ ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान नचाहे पनि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला पक्ष भने तत्काल महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

कांग्रेसको वर्तमान कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहँदै आएको छ, तर विधानअनुसार एक वर्ष थप्न सकिने व्यवस्था छ । तर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशनका लागि सानेपास्थित पार्टी कार्यालयमा निवेदन दिइसकेकाले सो दबाबबीच आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ३३ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा