३ असार २०८३, बुधबार | June 17, 2026

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान, पाँच वर्षका लागि दिइँदै



काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय स्तरमा सेवाप्रदायक छनोट गर्न बोलपत्र (टेन्डर) आह्वान गरिएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार (कात्तिक १६ गते) अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत अनुभवी तथा दक्ष सेवाप्रदायक छनोटका लागि टेन्डर आह्वान गरेको हो ।

बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ (डिसेम्बर १७) तोकिएको छ । सुरुङमार्ग भौतिक रूपमा सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्थामा पुगिसके पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी तयारी पूरा नभएकाले अझै सञ्चालनमा ल्याइएको छैन ।

मुख्य सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ । सरकारले यसमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर (टोल) निर्धारण गरिसकेको छ ।

सुरुङमार्गमा अत्याधुनिक प्रविधि र उपकरणहरू समावेश गरिएको छ । तर सडक विभागको हालको कार्यभार, सीमित अनुभव र अपर्याप्त जनशक्तिका कारण सुरुङ सञ्चालन तथा मर्मत कार्य कठिन हुने निष्कर्षपछि अन्तर्राष्ट्रिय स्तरका दक्ष सेवाप्रदायकबाट सञ्चालन गराउने तयारी गरिएको आयोजनाले जनाएको छ ।

छनोट हुने सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन र मर्मतको जिम्मेवारी लिनेछ । यस अवधिमा विदेशी विज्ञहरूको सहयोगमा नेपाली प्राविधिक र व्यवस्थापन जनशक्तिलाई प्रविधि तथा सीप हस्तान्तरण गरिनेछ । आयोजनाका अनुसार यस कदमले भविष्यमा अन्य सुरुङमार्ग तथा फास्ट ट्रयाकजस्ता संरचनाहरू स्वदेशी जनशक्तिमार्फत सञ्चालन गर्न सहज बनाउनेछ ।

२४ सै घण्टा सञ्चालन हुने सुरुङमा दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्काल आपत्कालीन सेवा आवश्यक हुने भएकाले सेवाप्रदायकले सिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्ने व्यवस्था गरेको छ । यसका लागि कुल १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

सुरुङमार्ग सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कार्यदल रहनेछ । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना, टोल संकलनका लागि ५४ जना, ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, र सिभिल तथा अन्य संरचना मर्मतका लागि आठ-आठ जना कर्मचारी रहने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ४६ बजे

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत

फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो २४ लाख भन्दा बढि आम्दानी

दमौली । दमौलीको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली