५ बैशाख २०८३, शनिबार | April 18, 2026

दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ : सगरमाथा स्वीमिङ क्लबलाई उपाधि, अरेक र रिजा उत्कृष्ट खेलाडी घोषित



नेपालगन्ज । दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा सम्पन्न प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शनसहित उपाधि हात पारेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ, र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले विजेता क्लबलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टहरूमा प्रतिस्पर्धा हुँदै सम्पन्न प्रतियोगितामा ललितपुरकै जेम्स स्कुलले १३५ अंकसहित दोस्रो स्थान हासिल गर्‍यो भने बाँके कोहलपुरको शिखा एकेडेमीले ५२ अंकसहित तेस्रो स्थान प्राप्त गर्‍यो ।

अन्य विद्यालय र टिमहरूको अंक यसप्रकार रहेका छन् –

लिटिल एञ्जेल्स स्कुल (ललितपुर) ४६ अंक, आदर्श माध्यमिक विद्यालय (नेपालगन्ज) ३५ अंक, कोशी प्रदेश २० अंक, युनिग्लोब स्कुल (काठमाडौं) ११ अंक, स्प्रिङडेल स्कुल (नेपालगन्ज) १० अंक, राई स्कुल (काठमाडौं) ९ अंक, नेपालगन्ज स्वीमिङ क्लब (बाँके) ८ अंक, र बागेश्वरी एकेडेमी (कोहलपुर) ४ अंक ।

सगरमाथा क्लबका अरेक कर्माचार्यले एक्लै ७ स्वर्ण पदक जित्दै पुरुषतर्फ उत्कृष्ट खेलाडी बनेका छन् भने रिजा अवालेले ५ पदक जित्दै महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि हात पारेकी छन् । दुवैलाई जनही रु. ५,००० पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीले सहभागिता जनाएका थिए ।

आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सकेकाले अब अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको बताए । उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् तथा तीनै तहका सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न आग्रह गरे ।

नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले पनि नेपालगन्ज स्वीमिङ क्लबसँग सहकार्य गर्दै यस क्षेत्रमा पौडी खेलको दिगो विकासमा साथ दिने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता पनि नेपालगन्जमै आयोजना गर्ने योजना रहेको बताए ।

यसैबीच, नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरी दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ का पदक विजेता खेलाडीहरूका लागि निःशुल्क प्रयोगयोग्य बनाइएको छ ।

मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले पौडी खेलको विकासका लागि यस्तो घोषणा गर्दै पदकधारी खेलाडीहरूलाई पौडी पोखरी निःशुल्क उपलब्ध गराउने बताएका छन् । उनले भने, “नेपालगन्जमा पौडी खेलको अभ्यासका लागि आवश्यक सहयोग गर्न हामी सदैव तयार छौं ।”

नेपाल पौडी संघले पनि आगामी दिनमा पौडी खेलका प्राविधिक र प्रशिक्षक उत्पादनका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ०९ बजे

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध