काठमाडौं । राजधानीको माइतीघर मण्डलामा नाराबाजी गरेका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निकोलस भुसाल समूहले आज माइतीघरमा आन्दोलन गर्ने घोषणा गरेको थियो । समूहका तर्फबाट दिउँसो २ बजे प्रदर्शन हुने बताइएको भए पनि भुसाल स्वयं स्थलमा उपस्थित भएका थिएनन् ।
सुरक्षाका सम्भावित चुनौतीलाई ध्यानमा राख्दै माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । आन्दोलनको तयारीबीच दुई युवाले नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



















प्रतिक्रिया