५ पुस २०८२, शनिबार | December 20, 2025

मतदाता नामावली दर्ता गराउन युवा उत्साहित



चितवन । भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका-५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नका लागि नामावली दर्ता गराउन आए । युवा पुस्ताको आन्दोलनपछि उनमा केही आशा पलाएर मतदाता नामावलीमा नाम दर्ता गराउन आएका हुन । उनले भने, “युवाहरु भएपछि केही गरौ, कोही राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउन मतदाता नामावलीमा नाम गर्दा गरएको हुँ ।”

युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने उनले बताए । सञ्चुकुमारी तामाङ पहिलो पटक मतदान गर्ने योजनाका साथ मतदाता नामावलीमा नाम दर्ता गराउनु आएका छन । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताए । अहिलेसम्म युवाको बिषयमा सोच्ने नेतृत्व नहुँदा मतदाता नामावलीमासमेत नाम दर्ता नगराएको उनको भनाइ छ ।

लामो समय विदेशमा बसेर स्वदेश फर्किएका दीपक पन्त आफ्नो श्रीमतीसहित मतदाता नामावलीमा नाम दर्ता गराए । अब देशमा केही हुन्छकी भन्ने आशाका साथ मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उनले बताए । पटक-पटक बिदामा स्वदेश आउँदासमेत नामावली दर्ता गर्ने चाहना नभए पनि अहिले ऊर्जा बढेको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा ३ हजार ५२९ जना नयाँ मतदाता थपिएका छन् । कायालयले असोज ९ गतेदेखि नयाँ मतदाता नामावली सङ्कलनको काम सुरु गरेको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार तीन हजार ५२९ जनाले नामावली दर्ता गराएका छन् । जसमध्ये ५२९ जना जिल्ला बाहिरका रहेका छन् । नामावली दर्ता गर्नेमा ९० प्रतिशत २५ वर्ष मुनिका रहेका छन्,भने १० प्रतिशत २५ वर्ष माथिका रहेका छन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको हो । नामावली सङ्कलनको काम कात्तिक महिनाभर मात्रै हुने छ । यसरी नामावली दर्ता गर्न आउनेमा स्वतःस्फूर्त आएको पाइएको उनले बताए ।

उनका अनुसार अहिलेसम्म राजनीतिक दलहरुले कार्यकर्तालाई ल्याएका छैनन् । उनले भने, “दलहरुले गाडीमा ल्याउने गरेका थिए । तर अहिले त्यस्तो छैन । आएका मतदाता स्वतस्फूर्त आएका हुन ।” विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ४६ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन