१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

काठमाडौं महानगरद्वारा लत्रिएका तार व्यवस्थापन सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन सुरु गरेको छ ।

महानगरका विभिन्न भागमा लत्रिएका तारले पैदलयात्री अल्झिने, सडकसम्म लत्रिँदा सवारी दुर्घटना हुने गरेकाले व्यवस्थापन सुरु गरिएको महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । पहिलो चरणमा महानगरको पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन भइरहेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइनका लागि राखेको खम्बामा विभिन्न इन्टरनेट कम्पनी र स्पेस टिभी नेटवर्कले तार टाँगेर अस्तव्यस्त बनाएका कारण समस्या हुने गरेको छ । ती कम्पनीले प्राधिकरणलाई तार लगेबापत शुल्क तिर्ने गरे पनि तार व्यवस्थापन गर्ने गरेका छैनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा