२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ । देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन् ।

एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ । जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन् ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर चार जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने एमालेले निर्णय गरेको छ । उनले मापदण्डअनुसार १६५ निर्वाचन क्षेत्रबाट एक-एक जनाका दरले, अनेरास्ववियु र युवासङ्घ नेपालबाट पाँच-पाँच जनाका दरले ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको बताए ।

अन्य कमिटीबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा प्रतिनिधि हुने सक्ने उनको भनाइ छ । महाधिवेशनका लागि एकतिहाइ महिला प्रतिनिधि हुने सुनिश्चिता पनि पार्टीले गरेको छ ।

एमालेले महाधिवेशनका लागि प्रनिनिधि चयन मङ्सिर १३ गते एकैदिन देशैभरि गर्ने निर्णय गरेको छ । एमाले महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ६ : २१ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित