१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आगामी पुष ९ मा राष्ट्रिय लिग, ए डिभिजन लिग अर्को वर्षको पुषमा



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो । यस्तै, बैठकले यस वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने निर्णय गरेको छ । ‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ सालमा भएको थियो । एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।

यसैगरी राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली र मकवानपुरमा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा सहभागी हुनेछ्न ।

‘ए’ डिभिजनका चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी छन् ।

राष्ट्रिय लिगमा सहभागी टोलीले आगामी मङ्सिर ५ गते टोटी तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका भने मङ्सिर १९ मा सार्वजनिक हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : २३ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र