२१ माघ २०८२, बुधबार | February 4, 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पार्टी एकताको सहमतिलाई अनुमोदन गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा नेकपा एकीकृत समाजवादीसहित विभिन्न नौ वाम दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्ने मुख्य एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीहरूको एकता घोषणा भोलि (बुधबार) दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय गरिएको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।

यस एकतालाई नेपालमा वाम शक्तिहरूबीचको ठूलो पुनर्संयोजनका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ५९ बजे

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का