काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा नेकपा एकीकृत समाजवादीसहित विभिन्न नौ वाम दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्ने मुख्य एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टीहरूको एकता घोषणा भोलि (बुधबार) दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय गरिएको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।
यस एकतालाई नेपालमा वाम शक्तिहरूबीचको ठूलो पुनर्संयोजनका रूपमा हेरिएको छ ।


















प्रतिक्रिया