२३ असार २०८३, मंगलबार | July 7, 2026

पोखरा-बागलुङ सडकमा यात्रा गर्न सकस



पोखरा । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत पोखरा-बागलुङखण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ ।

कास्की र पर्वतखण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा-बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए । “सहज र निर्बाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठूल्ठूला खाल्डा परेका छन्,” उनले भने, “सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।”

वर्षायाममा धेरै ठाउँमा बाटो भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय पोखराका सबइन्जिनियर लोकेश पौडेल बताउँछन् । “यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुंगिसकेको छ,” उनले भने, “कास्कीको फेदीदेखि नयाँ पुल र नयाँ पुलदेखि पर्वतको मालढुंगासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।”

शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उनले बताए । निर्माण कम्पनीले दसैँतिहारअघि नै मर्मतसम्भार सुरु गर्ने तयारी गरे पनि बीचमा भएको वर्षा, चाडबाडको बिदा आदि कारणले केही ढिलाइ भएको पौडेलले बताए ।

तत्काल मर्मतसम्भारको कामलाई गति दिने गरी कार्यालययले आवश्यक पहल लिने उनको भनाइ छ । “मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन असम्भव देखिएको छ,” उनले भने, “बजेटले भ्याएसम्मको काम समयमै हुन्छ ।”

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ११ : ५४ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी