२१ बैशाख २०८३, सोमबार | May 4, 2026

रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड बक्यौतामध्ये पहिलो किस्ता बुझायो, विद्युत् लाइन पुनः जडान



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत् प्राधिकरणप्रति आफ्नो बक्यौता रकम तिर्न सुरु गरेको छ । कम्पनीले ७५ करोड ३७ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ता बुझाएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत् विद्युत् उपभोग गरेको सुनसरीस्थित उक्त उद्योगले प्रिमियम महसुलबापत २८ किस्तामा रकम बुझाउने सहमति गरेको हो । पहिलो किस्तास्वरूप रिलायन्सले दुई करोड ७७ लाख रुपैयाँ बुझाएपछि प्राधिकरणले विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरेको कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिका लागि डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको महसुल बुझाउन बाँकी राखेको थियो । तर कम्पनीले बुझाएको रकमलाई ‘किस्ता’ नभई ‘विवादित रकम’ भन्दै धरौटीका रूपमा बुझाएको जनाएको छ ।

गोल्याण ग्रुपकी कर्पोरेट कम्युनिकेसन म्यानेजर ज्योती गह्रैले भनिन्, “तत्काल विद्युत् लाइन जडान गरिने र त्यसपछि पुनरवलोकन तथा न्यायिक प्रक्रियामा जाने सहमति भएको थियो । सोही सहमतिअनुसार हामीले धरौटी रकम बुझाएका हौँ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उद्योग सञ्चालनमा अवरोध र हजारौँ श्रमिक रोजगारीविहीन हुने जोखिम भएकाले मध्यमार्ग अपनाएका हौँ ।”

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  २ : ५४ बजे

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न