काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध युवा संघ नेपालका प्रतिनिधि टोलीले साइबर ब्युरोमा बिहीबार जाहेरी दिएका छन् ।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार युवा संघका प्रतिनिधि टोली मेयर साहविरुद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा जाहेरी लिएर आएका हुन् ।
‘मेयर बालेनविरुद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा युवा संघ जाहेरी लिएर आउनुभएको छ,’ एसपी अवस्थीले बताए । ‘अहिले जाहेरीका विषय र सम्भावित कसूरबारे अध्ययन तथा छलफल भइरहेको छ ।’
प्रहरीका अनुसार जाहेरी दर्ता प्रक्रिया अघि बढाउने वा थप प्रमाण आवश्यक पर्छ कि भन्ने विषयमा ब्युरोले छलफल गरिरहेको छ । जाहेरीको प्रकृति अनुसार अनुसन्धान अघि बढाइने बताइएको छ ।


















प्रतिक्रिया