२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बडादशैँको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा चियापान



बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले हिन्दुहरुको महान चाड बडादशैँ, दिपावली, छठ तथा नेपाल सवंतको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले मुलुकको राजनीतिक आन्दोलनलाई नेतृत्व गर्ने संगठन नै युवासंघ भएको उल्लेख गरे ।

पौडेलले मुलुकलाई सही दिशालमा डोर्याउनका लागि होस वा राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनहरुमा युवासंघको बलिदान र त्यागलाई भुल्न नसकिने उल्लेख गरे । युवा संघले बडादशैँ, दिपावली, छठ तथा नेपाल सवंत लगायतका पर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गरी साम्प्रदायिक एकता र भावनालाई कदर गरेको बताए ।

कार्यक्रममा एमाले पोलिट व्युरो सदस्य लिला गिरी, केन्द्रीय सदस्यहरु माधप्रसाद न्यौपाने, गोमा आचार्य, सावित्रादेवि अर्याल, खिमलाल भट्टराई प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय युवा संघ रुपन्देहीका उपाध्यक्ष दिपक खड्गीको स्वागत तथा सचिव दिपेश कंडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । शुभकामना आदानप्रदानसँगै राष्ट्रिय कलाकार बैकुण्ठ महतले विभिन्न जनवादी गीतसँगै मनोरञ्जन प्रदान गरेका थिए । सबै धर्म संस्कृतिको संरक्षण तथा आपसी सद्भाव कायम गर्नका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ रुपन्देही अध्यक्ष विकास बस्नेतले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : २७ बजे

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई