२० बैशाख २०८१, बिहिबार | May 2, 2024

राष्ट्रिय युवा संघका सात जना निष्कासित



काठमाडौं । राष्ट्रिय युवा संघ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ ।

आज प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन् ।

जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरिएको एमालेले जनाएको छ ।

बैठकले कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।

निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।

पार्टी सचिवालय बैठकले यस घटनाको छानबिनका लागी कार्यदल समेत गठन गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ०२ बजे

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ