२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू, सोमबार ‘घर फर्कने अभियान’



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) नेतृत्वको नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा विलय भएपछि केही नेताहरू पुनः नेकपा (एमाले)मा फर्किने भएका छन् ।

समाजवादी पार्टी छोडेकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू आगामी सोमबार एमालेमा पुनः प्रवेश गर्ने तयारीमा छन् ।

त्यसका लागि झाँक्री र श्रेष्ठले बिहीबार भक्तपुरको गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट तथा छलफल गरेका छन् ।

ओलीनिकट नेता महेश बस्नेतका अनुसार उनीहरू सोमबार दिउँसो ३ बजे काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना हुने ‘घर फर्कने अभियान’ कार्यक्रममा औपचारिक रूपमा एमालेमा प्रवेश गर्ने छन् ।

रामकुमारी र किसानले बुधबार मात्रै काठमाडौंको होटल बसेरामा आयोजित कार्यक्रममा एमालेमा फर्किने आफ्नो निर्णय सार्वजनिक गरेका थिए । उनीहरूसँग केही पूर्वसांसदहरू पनि एमालेमा सहभागी हुने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ४ : ५५ बजे

बढ्न थाल्यो तापक्रम

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई