७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध



बुटवल । रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि मनोनयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा धेरै उम्मेदारी परेको छ । निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यका अनुसार शुक्रबार दिउँसो २ बजेसम्मका लागि उम्मेदारी फिर्ता लिने समय रहेको छ ।

बिहीबार अध्यक्ष पदमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्ष पदमा जीवकान्त काफ्ले र हिरामणी भट्टराई, प्रथम उपाध्यक्ष पदमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष पदमा युवराज आचार्य, महासचिव पदमा सुमन बस्याल, कोषाध्यक्ष पदमा विशाल बेलवासे,सचिव पदमा अशोक कुँवर, सचिव महिलामा पदमा शारदा रेग्मी (भट्टराई), सहकोषाध्यक्ष पदमा राजु घिमिरेको उम्मेदारी परेको छ ।

त्यसैगरी सदस्य आजिवनको एक पदमा ई. किरण खरेल, सदस्य एशोसिएट पद १मा अखिलेश गुप्ता कशौधन, सदस्य संस्थागत पद १ मा तेजप्रसाद पराजुली, लिलाधर लुईटेल, सदस्य खुल्ला पद ६ मा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशिनाथ खनाल, मेघबहादुर घिमिरे, अनिश कुमार कशौधन, सुरेन्द्र चौधरी, माधव नेपाल, थानेश्वर पाण्डेको उम्मेदारी परेको छ ।

त्यसैगरी सदस्य महिला पद २ मा पार्वती गिरी र दिलु शाही, सदस्य बुटवल औद्योगिक क्षेत्र पद १ मा प्रज्जवल थान्जु, बुटवल उपमहानगरपालिका २ पदमा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य तिलोत्तमा र ओमसतिया पद २ मा घनश्याम पौडेल शर्मा र शतिस सापकोटा, सदस्य देवदह नगरपालिका रोहिणी गा.पा. पदमा चक्रपाणी तिवारी, सदस्य सैनामैना न.पा.,कन्चन र गैडहवा पद १ मा कृष्णप्रसाद पोखरेल, सदस्य शुद्धोधन र सियारी गा.पा. पद १ मा टंकनारायण आचार्यको उम्मेदारी परेको छ ।

सदस्य सिद्धार्थनगर न.पा र मायादेवी गा.पा. पद १ र सदस्य लुम्विनी सांस्कृतिक न.पा.,कोटहीमाई,समरीमाई र मर्चवारी पद १ मा कसैको उम्मेदारी परेको छैन ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ४ : ५९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी