काठमाडौं । सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सरुवा भएका सहसचिवहरुको विवरण सार्वजनिक गरेको छ । यसअघि विभिन्न मन्त्रालयका कार्यरत ७ जना सहसचिवलाई विभिन्न प्रदेशमा सचिवको रुपमा सरुवा गरिएको छ।
लुम्बिनी प्रदेशबाट रामबाबु पुरीलाई बागमती प्रदेश र सुदूरपश्चिमबाट वीरेन्द्रकुमार मिश्रलाई मधेस प्रदेशमा सरुवा गरिएको छ। त्यसैगरि सहरी विकास मन्त्रालयका विष्णु भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
सरुवा सूची :


















प्रतिक्रिया