८ चैत्र २०८२, आइतबार | March 22, 2026

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताएका छन् ।

मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आजदेखि बागुलङमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ । त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ ।

अध्यक्ष ढकालले वैदिक सनातन धार्मका हिसाबले महत्वपूर्ण रहेको गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई थप तिब्रता दिई बागलुङ जिल्ला सहित यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।

उनलेभन्नुभयो, बागलुङ धार्मिक पवित्र भूमि हो, यही स्वरुपमा यसलाई चिनाउन आवश्यक छ ।

मुक्तिनाथ र दामोदरकुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेकोमा खुसी लागेको छ । मेरो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुनेछु ।

विश्वका हिन्दु धर्मावलम्बीहरुका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदर कुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थल र यिनको महत्वको प्रचार गर्न आफूहरु पर्यटन पूर्वाधारमा लाग्ने बताउँदै उहाँले यसका लागि सबै जिल्लाबासी लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले मानव जातीको सेवाका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताउनुभएकोमा धन्यवाद दिए।

उनले मानव सेवा आश्रममा लाग्नुभएका मानव जीवनका प्रेरणाका स्रोत तथा मानव सेवाका अभियान्तालाई यसैगरी मानवीय भावनामा लाग्ने प्रेरणा जागोस भन्ने चाहेको पनि बताए।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ४४ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली