२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कर्माचार्य समाजको बाँके-बर्दिया शाखा गठन



नेपालगन्ज । बाँके र बर्दियामा बसोबास गर्दै आएका कर्माचार्य बन्धुहरुको भेलाले कर्माचार्य समाज बाँके-बर्दिया शाखा गठन गरेको छ । समाजका केन्द्रीय उपाध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको उपस्थितीमा आज नेपालगन्जमा भएको भेलाले बाँके बर्दिया शाखा गठन गरेको हो ।

समाजको अध्यक्षमा पत्रकार शरण कर्माचार्य, उपाध्यक्षमा रबि कर्मचार्य र रामकुमारी कर्माचार्य, सचिवमा राजन कर्माचार्य, कोषाध्यक्षमा मनिष कर्माचार्य र सदस्यहरुमा प्रदीप कर्माचार्य (बर्दिया), सुजता कर्माचार्य(लमही), दानप्रसाद कर्माचार्य(कोहलपुर) र किरण कर्माचार्य (कोहलपुर) रहेका छन् । भेलाले वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, राजनीतिकर्मी अशोक कर्माचार्य र प्रकृति चिकित्सा अभियन्ता आनन्द कर्माचार्यलाई समाजको सल्लाहकार चयन गरेको समाजका केन्द्रीय सदस्य बसन्त कर्माचार्यले बताए ।

भेलामा बोल्दै उपाध्यक्ष कर्माचार्यले नेपाल मण्डलको उत्पत्तीसँगै कर्माचार्य बन्धुहरुको अस्तित्व देखिएको बताए । अचाजुकारुपमा पूजा र धार्मिक पूजारीकारुपमा कर्मगर्ने कर्माचार्यहरुको इतिहास लामो रहेको उल्लेख गर्दै उनले नेपालमा १२०० बढी कर्माचार्य परिवारको बसोबास रहेको बताए ।

केन्द्रीय सदस्य गोविन्द कर्माचार्यले भाषा, सभ्यता र संस्कृतिको संरक्षण गर्न कमाचार्य बन्धुहरुको संगठन निर्माण गरिएको बताए ।

वैदिक कालमा (झण्डै ३५०० वर्ष अघि) ऋत्विज्, होता, अध्वर्यु, उद्गाता, ब्राह्मण आदि नामका पूजारी वर्ग थिए। ती ऋत्विजहरु मध्ये जो विशेष रूपमा कर्मकाण्डको निर्देशन गर्थे, उनीहरू नै पछि कर्माचार्य भनिन थालेको कथन रहँदै आएको छ ।

कार्यक्रममा समाजका केन्द्रीय सदस्य अनिता कर्माचार्य, नेवाः दय दबु बाँकेका अध्यक्ष बद्री श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ११ : ४२ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३