१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम



काठमाडौं । दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम भएका हुन । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो भए । पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गरे ।

यस्तै महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम भएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दूरी पार गरिन । यस्तै शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो भइन । कटुवालले ३३ मिनेट ३९ सेकेण्डमा सो दूरी पार गर्दा राईले ३५ मिनेट ४९ सेकेण्ड लगाइन ।

विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले मेडल प्रदान गरे । प्रतियोगितामा पुरुष र महिला समूहतर्फ प्रथम भएका भण्डारी र सापकोटालाई ५० ग्रामको चाँदीको सिक्का पुरस्कार प्रदान गरियो ।

त्यसअवसरमा निगमका कार्यकारी निर्देशक भट्टले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि शारीरिक अभ्यास अपरिहार्य रहेको जनाउँदै आगामी दिनमा यसखालका रचनात्मक कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरराष्ट्रिय धावक मानन्धरले नेपालले पछिल्लो समय खेल क्षेत्रमा आशालाग्दो प्रगति गरिरहेको उल्लेख गर्दै खेलकुदमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यले प्रतियोगिताबाट सञ्चारकर्मी, निगमका कर्मचारी र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बनेको बताए ।

निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपोको संयोजनमा भएको सो प्रतियोगितामा निगमका कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्र गरी करिब १३० जनाको सहभागिता थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  २ : ०३ बजे

निर्वाचन प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि