४ आश्विन २०८३, आइतबार | September 20, 2026

निर्वाचन प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।

आयोगले सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ ।

मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, अन्तर्क्रिया, गोष्ठी, कार्यशाला तथा मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न पाइँदैन । साथै कुनै पनि माध्यमबाट मत माग्ने, प्रचार सामग्री वितरण गर्ने वा मतदातालाई प्रभावित गर्ने कार्य पनि निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका झण्डा, ब्यानर, पोस्टर लगायतका प्रचार सामग्री मतदान हुनुभन्दा ४८ घण्टाअघि नै हटाउन निर्देशन दिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार वा राजनीतिक दलमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् । उनले तोकिएको नियमविपरीत गतिविधि गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने स्पष्ट पारे ।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ५३ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल