४ पुस २०८२, शुक्रबार | December 19, 2025

गर्भवतीलाई पोषण भत्ता वितरण



तनहुँ । तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई १२ लाख २५ हजार र चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ५२ जनालाई दुई लाख ६० हजार रकम प्रदान गरिएको हो ।

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरुलाई रकम प्रदान गरिएको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ ।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिइन् ।

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक स्वास्थ्य परीक्षण गराउका गर्भवतीलाई आठ महिनापछि पाँच हजार प्रदान गरिने उनको भनाइ छ । यसअघि गर्भवतीलाई नगद नै वितरण गर्ने गरिएको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । चालु आर्थिक वर्षमा ‘क’ वर्गको दुई, ‘ख’ वर्गको २९, ‘ग’ वर्गको १८ तथा ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिइन् । गत वर्ष एक सय ९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ४७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज