७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ढुवानी समितिको नवौ अधिवेशन सम्पन्न, अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित



बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीको १९ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशन अन्तरगत नया नेतृत्वका लागि भएको निर्वाचनबाट अनिल श्रेष्ठको अध्यक्षतामा ढुवानी समितिको नया कार्य समिति निर्वाचित भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि मतदान भएको थियो भने अन्य सबै पद निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिबक्ता पदम बहादुर कार्किले जानकारी दिए ।

समितिको अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको थियो । जसमा अनिल श्रेष्ठ २० मत प्राप्त गरि विजयी बने । उनका प्रतिद्वन्द्वी कमलराज ढुङ्गाना र माधव प्रसाद आचार्यले १७÷१७ मत प्राप्त गरेका थिए । त्यसैगरि वरिष्ठ उपाध्यक्षमा शंकर प्रसाद लम्साल २९ मत प्राप्त गरि विजयी बने भने उनका प्रतिस्पर्धी रामप्रसाद गैरेले २४ मत प्राप्त गरे ।

समितिको प्रथम उपाध्यक्षमा विकास शार्म आचार्य, द्वितिय उपाध्यक्षमा भूमिराज गैरे, महासचिवमा उज्जवल केसी, सचिवमा झविन्द्र थापा र कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । सदस्यहरुमा विष्णु घिमिरे, अनिल भण्डारी, कृष्ण केसी र प्रदिप पन्थी चयन भएका छन ।

यस अघि अधिवेशनको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्दघाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले बुटवलको वजार संरक्षण गर्नका लागि ट्रान्सर्पोट सिटीको अवधारणा र सवारी साधन पार्किङको व्यवस्थापन जरुरी रहेको बताए ।

उनले बुटवलमा निमार्ण गरिएको ढुवानी ग्राम नेपाल कै पहिलो र नमुना ढुवानी ग्राम भएको हुदा त्यसलाई व्यवस्थित बनाउनका लागि नगपालिका सधै गम्भिर बन्ने धारणा राखेका थिए । प्रमुख पाण्डेले ढुवानी ग्राम पहुच मार्गमा देखिएका समस्या समाधानका लागि स्थानियवासीहरुसंगको सहकार्यमा जोड दिदै सानातिना विषयमा नअल्झन सबैसंग आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, ढुवानी व्यवसायी महासंघ, नेपालका केन्द्रीय अध्यक्ष माधव नेपाल, नेपाल चेम्वर अफ कर्मसका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, वडा नं. १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, पूर्व वडा अध्यक्ष टंकप्रसाद पराजुली, समितिका संस्थापक अध्यक्ष हुताशन रेग्मी, ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अच्यूत रेग्मी, समितिका पूर्व अध्यक्ष श्यामराज हमाल लगायत बोलेका थिए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ४ : ०३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी