५ श्रावण २०८३, मंगलबार | July 22, 2026

ब्रिटिस कलेजको ११ औँ दीक्षान्त समारोहमा ६०० भन्दा बढी विद्यार्थी भए सम्मानित



काठमाडौ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको दीक्षान्त सम्पन्न भएको हो ।

कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ग्राजुयटहरुलाई कलेजले सम्मान गरेको हो । कलेजले स्नातक तथा स्नातकोत्तर कार्यक्रम र ब्रिटिस मोडेल कलेजका १२५ विद्यार्थीहरु गरि ६३९ विद्यार्थीहरुलाई सम्मानित गर्दै ग्राजुयटहरुको संख्यामा रेकर्ड कायम गरेको छ ।

ग्राजुयसन कार्यक्रम दुई शत्रमा सम्पन्न भएको थियो । बिहानको शत्रमा स्कुल अफ विजनेशबाट बीबीए, एमबीए, एचबीएम र ईएमबीएका विद्यार्थीहरु दिक्षित भएका थिए भने दिउँसोको शत्रमा स्कुल अफ आइटीबाट बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबार सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, एमएससी आईटी र एडभान्स कम्प्युटर साइन्सका विद्यार्थीहरु दिक्षित भए । त्यस्तै, क्याम्ब्रिज ए–लेभलका विद्यार्थीहरुलाई पनि दिक्षित गरिएको छ ।

ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेलले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । त्यसपछि उपस्थित पाहुना, अभिभावक तथा विद्यार्थीहरुमाझ स्वागत मन्तब्य राख्दै सीईओ कँडेलले शैक्षिक सफलता प्राप्त गर्ने सबैलाई बधाई दिए । ‘यो समारोह केवल शैक्षिक सफलताको मात्रै होइन दृढ संकल्प र ग्लोबल एजुकेशनको समायोजनबाट के हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ सीईओ कँडेलले भने, ‘हाम्रा ग्राजुयटहरु विश्वमा आत्मविश्वासी, सक्षम र करुणामय नेतृत्वकर्ताको रुपमा अगाडि बढ्दैछ र यसले स्वदेश तथा विदेशमा सकारात्मक प्रभाव पार्नेछ ।’

ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डिक्लान पी. ब्याननले पनि विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे । समारोहमा नेपालका लागि बेलायतका डेप्युटी राजदूत डा. ल्यूक बोमोन्ट, डोल्मा फन्ड म्यानेजमेन्टका सीईओ, टिम गोचर, कलेजका सल्लाहकारहरु माइकल रुटल्याण्ड, पाउल क्लिभ्स र जोन पार्क, लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रध्यापक डेभ चेस्ली लगायतले पनि समारोहलाई सम्बोधन गरेका थिए ।

कार्यक्रमको समापन कलेजका कार्यकारी निर्देशक महेन्द्र राज कँडेलले थिए । शैक्षिक क्षेत्रमा परिचित ब्रिटिस कलेज हरेक ग्राजुयटहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको भविष्यको प्रयासहरुमा सफलताको कामना गर्दछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ५९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं