७ श्रावण २०८३, बिहिबार | July 23, 2026

शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन युनि कन्सल्ट्यान्स अलायन्सद्वारा बुटवलमा भेला



बुटवल । परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बी-टु-बी कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसीए) ले लुम्बिनी प्रदेशको बुटवलमा शैक्षिक परामर्शदाता संस्थाहरुको भेला सम्पन्न गरेको छ ।

बुटवल, भैरहवा, खैरेनी र सुनवल क्षेत्रका करिब एक सयभन्दा बढी शैक्षिक परामर्श संस्था प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भेलामा युसीएका अध्यक्ष रामशरण ढकालले संस्थाको उद्देश्य, लक्ष्य र आगामी योजनाबारे जानकारी गराए । उनले युसीएले विदेशका प्रतिष्ठित शैक्षिक संस्था र विश्वविद्यालयहरुसँग सहकार्यलाई मजबुत बनाउँदै साझेदारीका लागि “पूल” को भूमिका निभाइरहेको बताए ।

ढकालका अनुसार, युसीए परामर्श व्यवसायलाई थप व्यवस्थित र विश्वासिलो बनाउनका लागि कार्यरत छ । उनले व्यवसायिक सेवालाई गुणस्तरीय बनाउनका लागि सबै परामर्शदाताबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा युसीएका चिफ अपरेशन अफिसर लिलाध्वज बस्नेत ले परामर्श व्यवसायका अवसर र चुनौतीबारे प्रष्ट्याउँदै युसीएले कसरी सहज र पारदर्शी प्रणाली विकास गर्न सक्ने भन्ने विषयमा जानकारी दिए ।

त्यस्तै, अन्तरराष्ट्रिय विभाग प्रमुख इश्वर घिमिरे ले विदेशी शैक्षिक संस्थाहरुसँगको सहकार्यलाई अझ व्यवसायिक, पारदर्शी र विश्वसनीय बनाउन युसीएले सहजीकरण गर्ने बताए ।

कार्यक्रममा युसीएका सञ्चालक तिलक पाण्डे ले संस्थाले उपलब्ध गराउँदै आएको सेवा र सुविधाबारे जानकारी गराउँदै स्थानीय व्यवसायी टंक पन्थी लाई सहकार्य र सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गरे । पन्थीले युसीएसँगको सहकार्य प्रभावकारी र नतिजामूलक हुने विश्वास व्यक्त गर्दै निःसंकोच रूपमा सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रमले लुम्बिनी प्रदेशमा कार्यरत शैक्षिक परामर्शदाताबीच आपसी सहकार्य र नेटवर्क सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ११ : ५६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी