१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा ४५ दिने बारिष्टा र एडभान्स ब्युटिसिएन तालिम सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि ४५ दिने बारिष्टा तालिम र एडभान्स ब्युटिसिएन तालिम सुरु भएको छ । मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित तालिमको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराउदै तालिमको भरपूर उपयोग गरेर आर्थिक रूपमा सवल बन्न सहभागीलाई आग्रह गरे ।

तालिमका लागि तालिम मात्रै नभएर सीप सिकेर सीप अनुसारको पेसा ब्यवसायमा लाग्न आग्रह गर्दै नगर प्रमुख पाण्डेयले तालिम लिएकाहरूले सीप अनुसारको पेसा ब्यवसाय गरे/नगरेको बारेमा अनुगमन गरिने बताए ।

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले सीप बिना कोही पनि आत्मनिर्भर बन्न नसक्ने भन्दै नगरवासीलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको बताइन ।

बारिष्ठा र ब्युटिसिएन गरि तालिममा एक सय जना युवा युवतीहरूको सहभागीता रहेको बुटवल उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ४२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा