२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बुटवलमा ४५ दिने बारिष्टा र एडभान्स ब्युटिसिएन तालिम सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि ४५ दिने बारिष्टा तालिम र एडभान्स ब्युटिसिएन तालिम सुरु भएको छ । मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित तालिमको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराउदै तालिमको भरपूर उपयोग गरेर आर्थिक रूपमा सवल बन्न सहभागीलाई आग्रह गरे ।

तालिमका लागि तालिम मात्रै नभएर सीप सिकेर सीप अनुसारको पेसा ब्यवसायमा लाग्न आग्रह गर्दै नगर प्रमुख पाण्डेयले तालिम लिएकाहरूले सीप अनुसारको पेसा ब्यवसाय गरे/नगरेको बारेमा अनुगमन गरिने बताए ।

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले सीप बिना कोही पनि आत्मनिर्भर बन्न नसक्ने भन्दै नगरवासीलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको बताइन ।

बारिष्ठा र ब्युटिसिएन गरि तालिममा एक सय जना युवा युवतीहरूको सहभागीता रहेको बुटवल उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ४२ बजे

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी