काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट भएको छ । विष्फोटबाट कम्तीमा १० जनाको मृत्यु भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा परि २० बढी घाइते भएका छन्।
मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिए पनि अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।
विस्फोट लगत्तै कारमा आगलागी भएको थियो । भारतिय समयको साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिँदै टेलिफोन गरिएको थियो।
कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन्।


















प्रतिक्रिया