१३ भदौ २०८३, शनिबार | August 29, 2026

कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा बस्दै



काठमाडौं । दुई दिनका लागि स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ः३० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

पूर्वमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताब आलमको निधनप्रति शोक व्यक्त गर्दै आइतबार र सोमबारका लागि बैठक स्थगित गरिएको थियो ।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे निरन्तर छलफल भइरहेकाे छ । करिब एक महिनादेखि जारी बैठकमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद चर्कँदो छ ।

संस्थापन पक्षले हाल महाधिवेशन गर्ने योजना नरहेको बताउँदै आएको छ भने असन्तुष्ट पक्षले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य गर्नुपर्ने अडान लिएको छ ।

बैठकमा दुबै पक्षले छुट्टाछुट्टै कार्यतालिका पेस गरिसकेका छन् र आजको बैठकले आगामी पार्टी दिशाबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : २६ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक