२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बिहार विधानसभा निर्वाचनको दोस्रो चरण आज: नेपालसँग जोडिएका नाकाहरू बन्द



जनकपुर । भारतको बिहार राज्यसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ । नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा क्षेत्रहरूमा मतदान सुरु भएको छ । यस चरणमा एक हजार ३०२ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपालसँग जोडिएका नाकाहरू अस्थायी रूपमा बन्द गरिएको छ । महोत्तरी, रौतहट, धनुषा, मोरङ र सुनसरीका सीमा नाकाहरू शनिबार बेलुकादेखि बन्द गरिएका हुन् । मतदान सकिएपछि नाका पुनः खोलिने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जानकारी दिएका छन् ।

सीमानाका बन्द भएपछि नेपाल-भारत रेल सेवा पनि अस्थायी रूपमा स्थगित भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार बिजलपुर-कुर्था-जनकपुरधाम-जयनगर रेलसेवा आजका लागि बन्द गरिएको हो । कम्पनीले मतदान सम्पन्न भएपछि सेवा पुनः सुचारु गरिने जनाएको छ ।

दोस्रो चरणका १२२ निर्वाचन क्षेत्रमा तीन करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्, जसमा एक करोड ७४ लाख महिला मतदाता छन् । निर्वाचनका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसअघि, नोभेम्बर ६ मा सम्पन्न पहिलो चरणमा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदान भएको थियो, जसमा ६५.०८ प्रतिशत मतदाता सहभागिता देखिएको थियो ।

आज सम्पन्न हुने अन्तिम चरणको मतदानले नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ४५ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती