७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मंगलबार (कात्तिक २५) उनलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ ।”

सरकारले सोमबार (कात्तिक २४) उनको पदमुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । हालै उनले विवादबीच मधेसमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्, जसपछि राजनीतिक विवाद उत्पन्न भएको थियो ।

भण्डारी २०८० सालमा एमालेको सिफारिसमा मधेस प्रदेश प्रमुख बनेकी थिइन् । उनको पदमुक्तिसँगै प्रदेशमा नयाँ प्रमुख नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : ४५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज