१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ललितपुर महानगरपालिकामा आगलागी आपत्कालीन सूचना प्रणाली



पाटन । ललितपुर महानगरपालिकाले आगलागी आपत्कालीन सूचना प्रणाली सुरुआत गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले आज पाटन दरबार क्षेत्रमा स्वीच जडान गरेर आगलागी आपत्कालीन सूचना प्रणालीको सुरुआत गरेका हुन ।

उक्त प्रणालीको शुभारम्भ गर्दै उनले आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रण गर्न मद्दत पु¥याउने उद्देश्यले यो प्रणाली जडान गरिएको बताए ।

“हामीले यस प्रणालीलाई परीक्षणस्वरूप सञ्चालनमा ल्याएका छौँ, प्रभावकारी देखिए ललितपुर महानगरका सबै चोकमा विस्तार गर्ने योजना छ । अहिले हामीले नमूना परिक्षण गर्न खोजेका हौँ । यसको कार्यक्षमता परीक्षण गरिँदैछ”, प्रमुख महर्जनले भने ।

ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको उनको दाबी थियो । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न र आगलागी नियन्त्रणका लागि दुई दमकल किन्ने निर्णय गरिएको उनले बताए । यसअघि सो महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्न ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ ।

आगलागीबारे जानकारी दिन एलएमसी एपबाट स्वीच थिचेको सात सेकेन्डमा महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली सञ्चालन गर्न विद्युत् आपूर्ति बन्द हुँदा पनि ४८ घण्टासम्मको ब्याकअपका लागि ब्याट्रीको व्यवस्थापन गरिएको अग्निनियन्त्रक राजकुमार ठकुरीले जानकारी दिए । मङ्गलबजारमा जडान गरिएको उक्त प्रणाली विस्तारै टोलटोल, उद्योग, कलकारखानामा राख्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ४० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा