२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेकपा विप्लव समूह समाजवादी मोर्चाबाट बाहिरियो



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा (माओवादी केन्द्र) लगायत दलहरू सम्मिलित समाजवादी मोर्चाबाट बाहिरिएको घोषणा गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको समाजवादी मोर्चा वर्तमान राजनीतिक परिस्थितिमा औचित्यहीन बनेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीविकाको पक्षमा तथा भ्रष्टाचारविरुद्ध सङ्घर्षको उद्देश्यले मोर्चा गठन गरिएको थियो। तर, अपेक्षित गतिमा काम अघि बढ्न सकेन ।”

विप्लवले जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यमा आएको व्यापक परिवर्तनका कारण नयाँ प्रकारका एकता र मोर्चाबन्दीहरू बन्न थालेका बताउँदै वर्तमान सन्दर्भमा समाजवादी मोर्चाको भूमिका समाप्त भएको निष्कर्ष पार्टीले निकालेको उल्लेख गरेका छन् ।

उनले थपे, “समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू नै एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्, त्यसैले मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ ।”

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ३७ बजे

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको