१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जे.भी. फाउन्डेसन लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला समितिको सपथग्रहण सम्पन्न



बुटवल । जे.भी. फाउन्डेसन लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्ला समितिको सपथग्रहण समारोह कार्तिक २५ गते सम्पन्न भएको छ । कार्यक्रममा फाउन्डेसनका केन्द्रीय अध्यक्ष वरिष्ठ समाजसेवी प्रा. डा. जगदीश वैद्य प्रमुख अतिथि रहेका थिए ।

सपथ ग्रहण कार्यक्रम जे.भी. फाउन्डेसन रुपन्देही जिल्ला समितिको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूले आ-आफ्नो पद तथा जिम्मेवारीको शपथ ग्रहण गरेका थिए ।

प्रमुख अतिथि प्रा. डा. वैद्यले नयाँ पदाधिकारीहरूलाई शुभकामना दिँदै समाजसेवा, ऐक्यबद्धता र राष्ट्रिय विकासका क्षेत्रमा फाउन्डेसनलाई अझ सशक्त रूपमा अघि बढाउन आग्रह गरे । उनले देशभरका शाखा तथा समितिहरूबीच सशक्त समन्वय गरेर समाज रूपान्तरणमा योगदान दिनुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन रुपन्देही जिल्ला अध्यक्ष मधु रायमाझीले गरेका थिए ।

सो अवसरमा केन्द्रीय अध्यक्ष प्रा. डा. वैद्य, लुम्बिनी प्रदेश प्रमुख र उप-प्रमुख, साथै रुपन्देही जिल्ला प्रतिनिधिमण्डलले नवलपरासी (पूर्व) स्थित गजेन्द्र मोक्षय दिव्य धामको अवलोकन भ्रमण पनि गरेका थिए । भ्रमणको उद्देश्य धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्यटन प्रवर्द्धनमा फाउन्डेसनको योगदान सुदृढ पार्नु रहेको थियो ।

फाउन्डेसनको टोलीले त्यहाँको सरसफाइ, व्यवस्थापन र आगामी योजनाबारे स्थानीय समितिसँग समन्वयात्मक छलफल पनि गरेको थियो ।

यसअघि, फाउन्डेसनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३ स्थित संस्कृत विद्या संन्यास आश्रम, भैरहवामा एक गाडी चामल, दाल र लत्ताकपडा हस्तान्तरण गरी समाजसेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रकट गरेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ११ : ४८ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत