काठमाडौं । महिला च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) पराजित भएको छ । इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड ले रोमाञ्चक खेलमा पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३१ औं मिनेटमा युनाइटेडकी मेल्भिन मलार्ड ले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, पहिलो हाफको अतिरिक्त समयमा पिएसजीका लागि अल्गा कार्मोना ले गोल गर्दै खेललाई १-१ को बराबरीमा फर्काइन् ।
दोस्रो हाफको ५८ औं मिनेटमा युनाइटेडकी फ्रिडोलिना रोल्फा ले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाइन् । त्यसपछि पिएसजीले बराबरी गोल फर्काउन नसक्दा अन्ततः २–१ को हार ब्यहोर्नु पर्यो ।
यस जितसँगै म्यानचेस्टर युनाइटेडले समूह चरणमा बलियो स्थिति बनाएको छ भने पिएसजीलाई प्रतियोगिताको सुरुवातमै चुनौतीपूर्ण स्थितिमा पुर्याएको छ ।


















प्रतिक्रिया