२३ चैत्र २०८२, सोमबार | April 6, 2026

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम



राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।

हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ साधुसन्तको सहभागिता हुने गरेको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताएका छन् ।

हडियाबाबाको ६० औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही कात्तिक २१ गतेदेखि सुरु भएको छदिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधु तथा सन्त उपस्थित भएका हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानाकारी दिए ।

“रातको समयमा पनि साधुसन्तहरु मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ”, अध्यक्ष वैश्यले भने, “मेलामा प्रत्येक दिन उपस्थित साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरूलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।”

हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट समेत साधुसन्त, महात्माहरू आउने गरेको जानकारी दिए । उनका अनुसार, मेलामा राति प्रवचन नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रमहरू आयोजना हुन्छ । मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खाना नास्तालगायतको व्यवस्थापन गर्ने गरिएको छ ।

मेलाको अन्तिम दिन बुधबार मेलामा टाढाबाट आएका साधुसन्तहरुलाई बिदाइको बेला कम्मल, दक्षिणा आदिकोे व्यवस्था गरिएको अध्यक्ष वैश्यले जानकारी दिए । करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र उद्यान छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।

करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहिआएकाले बाँकेका साथै भारतका विभिन्न क्षेत्रबाट साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरू प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेका अध्यक्ष वैश्यले बताए ।

मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगिया रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन रहेकोे छ । अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

रामलीला धार्मिक नाटकसमेत मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको समेत ठूलो सङ्ख्यामा उपस्थिति हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद खान झक्तजन आउने गरेका स्थानीय अगुवा माधवराम बर्माले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ७ : ४८ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।