७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका पूर्व ऊर्जामन्त्री दीपक खड्काका संरचनामा डोजर चलाएको छ । बुधबार बिहान महानगर प्रहरी टोली डोजरसहित पुगेर ती संरचनाहरू भत्काएको हो ।

नेपाली कांग्रेसका नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको नाममा रहेको जग्गा भाडामा लिएर लामो समयदेखि प्रयोग गर्दै आएका थिए । तर, उनले भाडा नतिरेको भन्दै स्काउटले उक्त जग्गा खाली गर्न माग गर्दै कार्तिक २० गते सूचना जारी गरेको थियो ।

सो सूचनामा सात दिनभित्र भाडा चुक्ता गर्न वा जग्गा फिर्ता गर्न भनिएको थियो । उक्त म्याद आज सकिएपछि काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्दै निर्माण संरचना भत्काएको हो ।

नेपाल स्काउटले समयमै भाडा नतिरेको खड्कामाथि कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन र सामग्री जफत गरी भाडा असुल गर्ने वा आवश्यक परे खड्काको सम्पत्तिबाट पनि असुल उपर गर्ने जनाएको छ ।

महानगरका अधिकारीहरूले भने यो कारबाही सरकारी जग्गाको दुरुपयोग रोक्ने उद्देश्यले गरिएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ९ : ०६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज