२३ चैत्र २०८२, सोमबार | April 6, 2026

जडीबुटीखेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण



कैलाली । वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटीखेती विस्तारका लागि निःशुल्क रुपमा बिरुवा वितरण गरेको छ । केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रुपमा जडीबुटीखेती गर्न चाहने सर्वसाधारण कृषक, सङ्घ, संस्थालाई औषधीजन्य प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरेको हो ।

केन्द्रले कुरिलो, सर्पगन्धा, शीतल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, गुर्जो, इमिली, सतिसाल, अर्जुनलगायतका प्रजाति उत्पादन गरी वितरण गर्दै आएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए ।

केन्द्रले २०७८/०७९ मा एक लाख, ०७९/८० मा एक लाख ३० हजार, ०८०/०८१ मा ५२ हजार र ०८१/०८२ मा ५३ हजार औषधीजन्य बिरुवा सुदूरपश्चिमभर वितरण गरेको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा प्राकृतिक वातावरणमा जडीबुटी पाउने स्थानको पहिचान गरी उक्त क्षेत्रमा समूह, सहकारी तथा इच्छुक व्यक्तिलाई जडीबुटीखेतीको दिगो व्यवस्थापनका लागि तालिम, दिगो सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र प्राविधिक सल्लाह दिँदै आएको वनस्पति कार्यालयले जनाएको छ ।

केन्द्रले जडीबुटीखेती विस्तारका लागि यहाँका समूह, सहकारीमा आबद्ध किसानलाई अनुदानसमेत दिँदै आएको छ । पछिल्लो केही वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट रिठ्ठा, तेजपात, काउलो, पाषाणभेद, अमला, झ्याउ, सुनाखरी, चुत्रो, सतुवा, कुटकी, सगन्धवाल, चिराइतो, सतावरी, सेतक चिनी, टिम्मुर, यार्सागुम्बा, जटामसी, बोझो स्वदेशी तथा विदेशी बजारमा गएको पाइएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाइने ५०२ प्रजातिका औषधीय गुण भएका वनस्पति प्रजातिहरुको अभिलेख तयार भएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ११ : ०० बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।