२१ भदौ २०८३, आइतबार | September 6, 2026

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध



लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ ।

दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते ९२३ अक्टोबर २०२५० देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानि अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो ।

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भइरहेको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ ।

यसरी कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी कोही पनि यहाँ आउन नपाउने स्पष्ट गर्दै पोचुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १२ : १० बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी