काठमाडौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ।
आगामी १ देखि २७ मङ्सिर २०८२ ९१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५० सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ।
नेपाल क्रिकेट संघ ९क्यान० ले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको छ।
दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ। एप र वेबसाइटबाट लाईभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ।


















प्रतिक्रिया