३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवलमा सिएनआइवाइइएफ लुम्बिनीद्वारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न, तीन स्थानमा स्पिड-लिमिट बोर्ड जडान



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)लुम्बिनीले बुटवलमा ट्राफिक सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार आयोजित यस कार्यक्रमले युवाहरूलाई सडक सुरक्षा, सवारी चालकले अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियमको व्यवहारिक पक्षबारे जानकारी गराउने उद्देश्य राखिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्र बन्धु शर्मा र वरिष्ठ असई ज्ञानप्रसाद शर्माले विषयगत प्रस्तुति दिएका थिए । उनीहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै नेपालमा वर्षेनि बढ्दै गएको सडक दुर्घटनाका कारण, रोकथामका उपाय तथा चालकको जिम्मेवारीबारे विस्तृत जानकारी प्रस्तुत गरे ।

उनले सार्वजनिक गरेको तथ्यांकअनुसार, सडक दुर्घटनामध्ये ७० प्रतिशत मानवीय गल्तीका कारण हुने गरेका छन । मोबाइल प्रयोग गर्दै सवारी चलाउने, ओभरस्पिड, मदिरा सेवन गरी ड्राइभ गर्ने, ट्राफिक संकेत अवज्ञा गर्ने तथा हेल्मेट-सिटबेल्ट प्रयोग नगर्ने जस्ता कारण प्रमुख हुन् । यस्तै १० प्रतिशत यान्त्रिक समस्या, १० प्रतिशत सडकको अवस्था र बाँकी १० प्रतिशत वातावरणीय कारणले दुर्घटना हुने गरेको प्रस्तुतिमा उल्लेख गरिएको थियो ।

एसपी शर्माका अनुसार, चालु आर्थिक वर्षको साउनसम्मै देशभर ४३ हजार १६५ दुर्घटना दर्ता भएका छन् र ती घटनामा २ हजार ५४९ जनाले ज्यान गुमाएका छन् । उनले जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न सबैलाई आग्रह गरे ।

वरिष्ठ असई ज्ञानु पाण्डेले हेल्मेटको सही प्रयोग, स्पिड-लिमिटको पालना, ट्राफिक संकेत बुझ्ने तरिका, दायाँ-बायाँ अवलोकन गर्ने बानी र यात्रु सुरक्षाका आधारभूत मापदण्डबारे व्यवहारिक प्रशिक्षण दिए ।

कार्यक्रममा सिएनआईवाईइएफका अध्यक्ष राजन कसजुले ट्राफिक व्यवस्थापनमा अझ कडाइ आवश्यक रहेको बताउँदै सीमा नाका र मुख्य सडकखण्डमा निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको सञ्चालन संस्थाका एक्जिक्युटिभ डाइरेक्टर अभिनव थापाले गरेका थिए । उनले युवाहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न तथा घर-समाजमा सडक सुरक्षाको सन्देश फैलाउन आग्रह गरे ।

यस अवसरमा सिएनआईवाईइएफले बुटवल-भैरहवा सडकका तीन स्थान-योगिकुटी होटेल पौवा अगाडि, एसआर होटेल-ड्राइभर टोल अगाडि, र मंगलापुरस्थित जुनकिरी रेस्टुरेन्ट अगाडिमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीका लागि स्पिड-लिमिट संकेत बोर्ड जडान गरिएको अध्यक्ष कसजुले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : २८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको