७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा सिएनआइवाइइएफ लुम्बिनीद्वारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न, तीन स्थानमा स्पिड-लिमिट बोर्ड जडान



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ)लुम्बिनीले बुटवलमा ट्राफिक सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार आयोजित यस कार्यक्रमले युवाहरूलाई सडक सुरक्षा, सवारी चालकले अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियमको व्यवहारिक पक्षबारे जानकारी गराउने उद्देश्य राखिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्र बन्धु शर्मा र वरिष्ठ असई ज्ञानप्रसाद शर्माले विषयगत प्रस्तुति दिएका थिए । उनीहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै नेपालमा वर्षेनि बढ्दै गएको सडक दुर्घटनाका कारण, रोकथामका उपाय तथा चालकको जिम्मेवारीबारे विस्तृत जानकारी प्रस्तुत गरे ।

उनले सार्वजनिक गरेको तथ्यांकअनुसार, सडक दुर्घटनामध्ये ७० प्रतिशत मानवीय गल्तीका कारण हुने गरेका छन । मोबाइल प्रयोग गर्दै सवारी चलाउने, ओभरस्पिड, मदिरा सेवन गरी ड्राइभ गर्ने, ट्राफिक संकेत अवज्ञा गर्ने तथा हेल्मेट-सिटबेल्ट प्रयोग नगर्ने जस्ता कारण प्रमुख हुन् । यस्तै १० प्रतिशत यान्त्रिक समस्या, १० प्रतिशत सडकको अवस्था र बाँकी १० प्रतिशत वातावरणीय कारणले दुर्घटना हुने गरेको प्रस्तुतिमा उल्लेख गरिएको थियो ।

एसपी शर्माका अनुसार, चालु आर्थिक वर्षको साउनसम्मै देशभर ४३ हजार १६५ दुर्घटना दर्ता भएका छन् र ती घटनामा २ हजार ५४९ जनाले ज्यान गुमाएका छन् । उनले जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न सबैलाई आग्रह गरे ।

वरिष्ठ असई ज्ञानु पाण्डेले हेल्मेटको सही प्रयोग, स्पिड-लिमिटको पालना, ट्राफिक संकेत बुझ्ने तरिका, दायाँ-बायाँ अवलोकन गर्ने बानी र यात्रु सुरक्षाका आधारभूत मापदण्डबारे व्यवहारिक प्रशिक्षण दिए ।

कार्यक्रममा सिएनआईवाईइएफका अध्यक्ष राजन कसजुले ट्राफिक व्यवस्थापनमा अझ कडाइ आवश्यक रहेको बताउँदै सीमा नाका र मुख्य सडकखण्डमा निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको सञ्चालन संस्थाका एक्जिक्युटिभ डाइरेक्टर अभिनव थापाले गरेका थिए । उनले युवाहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न तथा घर-समाजमा सडक सुरक्षाको सन्देश फैलाउन आग्रह गरे ।

यस अवसरमा सिएनआईवाईइएफले बुटवल-भैरहवा सडकका तीन स्थान-योगिकुटी होटेल पौवा अगाडि, एसआर होटेल-ड्राइभर टोल अगाडि, र मंगलापुरस्थित जुनकिरी रेस्टुरेन्ट अगाडिमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीका लागि स्पिड-लिमिट संकेत बोर्ड जडान गरिएको अध्यक्ष कसजुले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : २८ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन