९ माघ २०८२, शुक्रबार | January 23, 2026

कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति



बुटवल । बुटवल-१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको प्रथम त्रैमासिक नतिजा सार्वजनिक गर्दै उत्कृष्ट नतिजा ल्याउनेहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ ।

सेक्टर-१ कालिकानगरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो । साथै ९८ विद्यार्थीलाई करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे तथा विभिन्न संकायका इन्चार्जहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले विद्यार्थीले ल्याएको राम्रो नतिजालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । उनले आगामी दिनमा विद्यालयले शत-प्रतिशत उत्कृष्ट नतिजा प्राप्त गर्न लक्ष्य राखेको बताए । प्रधानाध्यापक थापाले विद्यार्थीहरूलाई मेहनत र अनुशासनलाई निरन्तरता दिन प्रेरित गरे ।

विद्यालयका परीक्षा संयोजक युवराज कण्डेलका अनुसार जीपीए ३.५ वा बढी ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । साथै विभिन्न सेक्सन तथा संकायमा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच, सेक्टर-२ रामनगरमा अभिभावक सहभागितासहित कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरूको नतिजा समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा अभिभावकहरूले शैक्षिक सुधारका लागि विद्यालयले अघि बढाउनुपर्ने उपायहरूबारे सुझाव दिएका छन्, जसबारे इन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : २३ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा